स्वास्थ्य

थप ५३३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको हो।

यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ। जसमध्ये हालसम्म ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४१६ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार देशभर देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: १५ कार्तिक २०७८ १०:४६ सोमबार

९ जनाको मृत्यु थप ५३३ जनामा कोरोना पुष्टि