स्वास्थ्य

थपिए ६६६ जना संक्रमित, ११ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा ६ सय ६६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अवधिमा १२ हजार २० जनामा गरेको नमूना परीक्षणमा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

मन्त्रालयले सो अवधिमा ९ हजार ७७१ जनाको पीसिआर र २ हजार २४९ जनाको एन्टीजेन परीक्षण गरेको थियो।

सोही अवधिमा ११ जना कोरोना संक्रमितको निधन भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा १० हजार २९६ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: ९ कार्तिक २०७८ १०:५२ मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय