स्वास्थ्य

प्रदेश १ मा ६५ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण भएको छ। ४ सय १ जनाको पिसिआर परीक्षण गर्दा ५५ र १ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २३, मोरङमा १९, सुनसरीमा ११, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो। झापाको विर्तामोडमा ७, कमल गाउँपालिकामा ५, दमक र मेचीनगरमा ३–३, बाह्रदशीमा २, भद्रपुर, कनकाई र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा १४, सुन्दरहरैँचा र कानेपोखरीमा २–२, बेलबारीमा १, सुनसरीको इटहरीमा १० र धरानमा १, उदयपुरको चौदण्डीगढी र इलामको माई जोगमाईमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधबार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २२ महिला र ४४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको विकास मन्त्रालयले जनाएको छ।  

प्रकाशित: ३ कार्तिक २०७८ १३:०८ बुधबार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय