स्वास्थ्य

थपिए ६६२ जना कोरोना संक्रमित, १३ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा ६६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै बुधबार सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

मन्त्रालयले ८ हजार ४२६ जनामा गरेको नमूना परीक्षणका क्रममा ६६२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। यसैगरी सोही अवधिमा ७५८ जना कोरोना संक्रमणमुक्त भएको र १३ जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।

हाल नेपालमा ११ हजार ५७९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: ३ कार्तिक २०७८ ११:०६ बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय