स्वास्थ्य

थप २७२ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु

विगत २४ घण्टामा २७२ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो।

आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १३ हजार ३०८ रहेका छन्। पछिल्लो २४ घण्टामा ७७७ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ९४३ पुगेका छन्। संक्रमणका कारण थप ८ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार २७७ पुगेको छ।

प्रकाशित: २९ आश्विन २०७८ ११:४९ शुक्रबार

कोभिड–१९ (कोरोना भाइरस) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय