स्वास्थ्य

१ हजार ७८ जनामा संक्रमण, १२ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २४ घन्टामा ११ हजार ७ सय ६५ जनामा गरेको नमूना परीक्षणमा १ हजार ७८ जनामा संक्रमण भएको जनाएको हो।

मन्त्रालयले सो अवधिमा पीसिआर विधिबाट ८ हजार ५५५ जना र एन्टीजने विधिबाट ३ हजार २१० जनाको नमूना परीक्षण गरेको थियो। सोही अवधिमा ९११ ज्ना संक्रमणमुक्त भएको र १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा १८ हजार १६८ जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रकाशित: १४ आश्विन २०७८ ११:५४ बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नमूना परीक्षण