स्वास्थ्य

उपत्यकामा भेरोसेल खोप लगाउनेको भिड

फाइल तस्बिर

उपत्यकामा आजबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको छ।काठमाडौं महानगरका ३२ वटै वडामा आजैदेखि खोप लगाउन सुरु भइसकेको छ।

 यसअघि छुटेका ५० वर्ष वा त्यसभन्दा माथि सबै उमेर समूहका नागरिकले खोप लगाउन पाउनेछन्। 

अहिलेसम्म उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका हुन्।  

प्रकाशित: ६ आश्विन २०७८ १०:२८ बुधबार

उपत्यकामा भेरोसेल खोप लगाउनेको भिड