स्वास्थ्य

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षको एक वृद्धामा हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रूपमा गरिएको छ।

ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो। अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो। ’९७ वर्षको वृद्धा त्यही पनि मुटु रोगले ग्रस्त, हामीले उच्च सावधानी अपनाएर उहाँको शल्यक्रिया सफल रूपमा गरेका छौं,’ चिकित्सक अमात्यले भने, ’यो दुलर्भ नै हो। उनका अनुसार चिकित्सकहरुले वृद्धा र मुटु रोगीहरुलाई यस्तो शल्यक्रिया गर्न सुझाव नै दिँदैनन।

’शाहीको परिवारले पनि हिप फेर्न हामीलाई अनुरोध गर्नुभयो, हामीले शल्यक्रियाका जोखिमहरूबारे उहाँहरूलाई जानकारी दिएका थियौं, ’चिकित्सक अमात्यले भने, ’उहाँहरूले शल्यक्रियाका लागि अनुमति दिएपछि हामीले हिप फेर्ने काम सफल रूपमा गर्‍याैँ।’

उहाँको मुटु सुन्निएको थियो, धड्कन पनि कम थियो, हामीले चाँडोभन्दा चाँडो हिप फेर्नुपर्ने बाध्यता थियो, अमात्यले भने हामीले ५४ मिनेटमा नै सो शत्यक्रिया गर्न सफल भयौं। ’मैले धेरै अस्पताल धाएँ तर अल्का आएर मेरो अप्रेसन सफल भयो,’ शाहीले भनिन।

केही वर्षअघि शाही लडेर हिपको जोर्नी भाँचिएको थियो। हिपको जोर्नी फेरेपछि शाही अस्पतालबाट डिचार्ज भइसकेकी छिन।

प्रकाशित: २८ भाद्र २०७८ ०५:०६ सोमबार

हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाही ९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया शल्यक्रियाका जोखिम