स्वास्थ्य

४३ पिन्ट रगत संकलन

पूर्वाञ्चल ल्युब आयल कम्पनी (पिएलओ)ले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराट चोकमा रहेको पिएलओले बुधबार २१ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।  

कम्पनीका सञ्चालक सदस्य, कर्मचारी र स्थानीयले गरेको रक्तदानमा  ४३ पिन्ट रगत संकलन भएको जनाएको छ।

प्रकाशित: २३ भाद्र २०७८ ११:५५ बुधबार

रगत संकलन पूर्वाञ्चल ल्युब आयल कम्पनी