स्वास्थ्य

थप १६४० जना नयाँ संक्रमित, १० को मृत्यु

बुधबार नेपालमा कोरोना संक्रमणका १६४० जना बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै बुधबार सोको संख्यामा कोरोना संक्रमित थपिएको जनाएको हो।

मन्त्रालयले १३ हजार ४५५ जनाको नमूना परीक्षण गरेको थियो। सोही अवधिमा २१६१ जना संक्रमणमुक्त भएको र १० जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ। नेपालमा अहिले पनि २९ हजार ४७९ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: २३ भाद्र २०७८ ११:४७ बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय