स्वास्थ्य

२००४ मा सङ्क्रमण, १६ को निधन

कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार चार जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो। सक्रिय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन्।

सङ्क्रमणबाट निको भई आज एक हजार ८४६ जना घर फर्किएका छन्। अहिलेसम्म सात लाख २१ हजार १८२ जना निको भई घर फर्किएका हुन्। बुधबारको तुलनामा निको हुने दर बढेको छ। हिजो ९४.१ प्रतिशत निको हुने दर रहेकामा बढेर ९४.२ प्रतिशत पुगेको छ।यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ। बुधबारभन्दा आज निधन हुनेको सङ्ख्यामा कमी आएको हो। हिजो २० जनाको सङ्क्रमणका कारणले निधन भएको थियो।

प्रकाशित: १७ भाद्र २०७८ १२:१२ बिहीबार

कोरोना भाइरस स्वास्थ्य तथा जनसङ्ख्या