स्वास्थ्य

थपिए २०७५ नयाँ सक्रमित, ३० को मृत्यु

पछिल्लो  २४ घन्टामा नेपालमा २ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। कूल १३ हजार ७५ मा गरिएको नमूना परीक्षणमा सोको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणको स्थितिबारे दैनिक तथ्यांक अद्यावधिक गर्दैै मन्त्रालयले सो अवधिमा ७ हजार ७ सय ३ को पीसीआर परीक्षण र ५ हजार ३ सय ७२ को एन्टिजेन परीक्षण गरेको जनाएको छ।

सोही अवधिमा २ हजार ३ सउय ८२ जना संक्रमणमुक्त भएको र ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७८ १०:५८ शनिबार

कोरोना संक्रमित