स्वास्थ्य

धनकुटामा थप १९ जनामा कोरोना संक्रमण

धनकुटामा पछिल्लो केहिदिन यता कोरोना संक्रमण हुनेको संख्या वृद्धि भएको छ। आज जिल्लामा  १९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय २६  पुगेको छ।  

अहिलेसम्म होमआइसोलेसनमा १ सय ९८ ,संस्थागत आइसोलेसना १० र जिल्ला अस्पतालको आइसोलेसनमा ११ जना उपचाररत रहेका छन्। जिल्लामा पिसिआर विधिबाट ५ हजार ९२ जनाको परीक्षण गरिएको छ भने एनटिजेन विधिबाट ३ हजार ४ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ।

संक्रमण भइ मृत्यु हुनेको संख्या १२ पुगेको छ भने, बाहिर जिल्ला उपचारको क्रममा मृत्यु हुने १७ पुगेको छ। त्यस्तै स्थायी ठेगाना धनकुटा भई बाहिर जिल्ला बसोबास गर्ने क्रममा संक्रमण भई मृत्यु हुनेको संख्या १० गरी जम्मा कोरोना संक्रमणका कारण मृत्यु हुनको संख्या २९ पुगेको जिल्ला प्रशासन कार्यलय धनकुटाको  तथ्याङकमा उल्लेख छ।

प्रकाशित: २८ श्रावण २०७८ १२:३२ बिहीबार

कोरोना संक्रमण धनकुटामा