स्वास्थ्य

प्रदेश १ मा ८ सय ८५ संक्रमित थपिए, १४ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा कोरोना संक्रमित थपिएका छन्।  १ हजार ५ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९१ र १ हजार ४ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २ सय २६, मोरङमा १ सय ३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा ९,  तेह्रथुममा ६, उदयपुरमा ३, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, संखुवासभा, खोटाङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको छ। झापाको दमकमा ६७, विर्तामोडमा ५०, अर्जुनधारामा १८, भद्रपुरमा १७, बाह्रदशीमा १५, कनकाईमा १४, मेचीनगरमा १३,  शिवसताक्षीमा १२, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ६, गौरादहमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ।

मोरङको विराटनगरमा ५५, बेलबारीमा ३६, उर्लाबारी र सुन्दरहरैचामा ११–११, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ३, लेटाङमा २, मिक्लाजुङ, जहदा, ग्रामथान, धनपालथान, केराबारी, रतुवामाई र कटहरीमा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ।  सुनसरीको धरानमा ३३, इटहरीमा ३०, इनरुवामा ५, बराहक्षेत्र, दुहवी र गढीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ।

धनकुटाको धनकुटा नगरपालिकामा १३ र पाख्रिबासमा १, इलामको चुलाचुलीमा ३, माईजोगमाईमा २, फाकफोकथुम, इलाम नगरपालिका, माई नगरपालिका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङमा ५ र लालीगुराँसमा १ जनामा संक्रमण देखिएको छ। उदयपुरको त्रियुगामा २ र बेलकामा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फालेलुङमा १, ओखलढुङ्गामा १, संखुवासभामा १, खोटाङमा १, भोजपुरको पौवादुङ्मामा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधबार  ५ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ७२ महिला र २ सय ७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेको  सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रकाशित: २७ श्रावण २०७८ १३:०७ बुधबार

प्रदेश १ मा