स्वास्थ्य

नेपाल नेत्रज्योति संघ र करुणा फाउण्डेसनबीच सम्झौता

दृष्टिसम्बन्धी समस्या न्यूनीकरण गर्न नेपाल नेत्रज्योति संघ र करुणा फाउण्डेसन नेपालबीच सम्झौता भएको छ। दृष्टिसम्बन्धी समस्या समयमा नै पहिचान गरी बालबालिकालाई दृष्टिहीन हुनबाट जोगाउन तथा दृष्टिसम्बन्धी समस्याका कारणले अपाङ्गता भएर बाँचिरहेका व्यक्तिको जीवनको अवस्थामा सुधार ल्याउनका लागि ती दुई संस्थाबीच सम्झौता भएको हो।

सम्झौतामा करुणा फाउण्डेसन नेपालका अध्यक्ष प्रा.डा भगवान कोइराला र नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन्दले हस्ताक्षर गरेका छन्। यसका साथै संघ अन्तर्गतको बिराटनगर आँखा अस्पतालले करुणा फाउण्डेसनसँग कार्यक्रमगत सम्झौता पनि गरेको छ।

सम्झौताले दृष्टिसम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम, प्रेषण र उपचारका क्षेत्रमा प्रदेश नं १ मा सहकार्य गर्दै दृष्टिविहीनता तथा न्यून दृष्टि भएका व्यक्तिलाई उपचार तथा पुनस्र्थापना सेवा प्रदान गर्न मद्दत पुग्ने फाउण्डेसनले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०७८ १२:३९ मंगलबार

नेपाल नेत्रज्योति संघ