स्वास्थ्य

उपत्यकामा ७०१ सहित देशभर थपिए ३,७२९ संक्रमित, १,८८५ निको

आज तीन हजार ७२९ जनामा कोभिड–१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ६७५ मा गरिएको परीक्षणमा तीन हजार ७२९ मा सङ्क्रमण देखिएको पुष्टि भएको हो। थपिएका सङ्क्रमितसँगै सङ्ख्या सात लाख ७७ हजार ५८९ पुगेको छ। सक्रिय सङ्क्रमित ३४ हजार ९४२ जना रहेका छन्।  

काठमाडौँ उपत्यकामा आज ७०१ जनामा सङ्क्रमण पुष्टि भएको छ। काठमाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।  

विगत २४ घण्टामा एक हजार ८८५ जना निको भई घर फर्किएका छन्। आजसँगै कुल छ लाख ६५ हजार ५४८ जना निको भइ घर फर्किएका हुन्।यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३५ जनाको निधन भएको छ। अहिलेसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो।

प्रकाशित: २२ श्रावण २०७८ १२:१७ शुक्रबार

कोभिड–१९