स्वास्थ्य

रेडक्रसले दिन थाल्यो फेरि स्वास्थ्य सुरक्षा सामाग्री

कोभिड–१९ को महामारीको संकटमा रहेका बिरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षार्थ नेपाल रेडक्रस सोसाइटीले फेरि स्वास्थ्य सुरक्षा सामाग्री वितरण सुरु गरेको छ। दीकोका–कोला फाउण्डेशनसँगको साझेदारीमा स्वास्थ्य सुरक्षा समाग्री वितरण पुनः सुरु गरेको हो।

यसअघि पनि नेपाल रेडक्रस सोसाइटीले साझेदार सोसाइटी र कोकाकोला फाउण्डेशनसँगको सहयोगमा देशैभर स्वास्थ्य सुरक्षा सामाग्री र ७ वटा भेन्टिलेटर वितरण गरेको थियो। नेपाल रेडक्रसले काठमाडौँको टिचिङ्ग अस्पताल महारागंज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपाल मेडिकल एशोशियसनलाई सामाग्री हस्तान्तरण गरेको छ। नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक डा. मनिता राजकर्णिकार र कोकाकोलाका दुराई मुर्गानले संयुक्त रुपमा टिचिङ्ग अस्पतालका डा. रमेश महर्ननलाई एक कार्यक्रमकाबीच सुरक्षा सामग्रीहरु हस्तान्तरणको गरेका थिए।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा १२हजार ५००थान सर्जिकल मास्क, पाँचहजार जोडीपञ्जा, ९६० बोतल स्यानिटाइजर रहेको छ। त्यस्तै नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णिकारले सशस्त्र प्रहरी अस्पतालका उपनिर्देशक डा. मिना कँुवरलाई १२ हजार ५०० थान सर्जिकल मास्क, पाँचहजार जोडी पञ्जा, ९६० बोतल स्यानिटाइजर हस्तान्तरण गरे।

प्रकाशित: २० श्रावण २०७८ १२:०५ बुधबार

नेपाल रेडक्रस सोसाइटी कोकाकोला