स्वास्थ्य

प्रदेश १ मा ९ सय ६३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ७ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय १७ र १ हजार ५ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २ सय ७, मोरङमा १ सय ४२, सुनसरीमा १ सय १७, धनकुटामा १५, उदयपुरमा १३, इलाममा ९, संखुवासभामा ४, पाँचथरमा ३, तेर्‍हथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ। 

झापाको विर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा २७, मेचीनगरमा २४, अर्जुनधारमा १९, कनकाई र शिवसताक्षीमा १५–१५, बुद्धशान्तिमा ९, गौरादहमा ७, कमल गाउँपालिका र बार्‍हदशीमा ५–५, हल्दिबारीमा ४ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ।  मोरङको विराटनगरमा ६२, बेलबारीमा ३७, सुन्दरहरैचामा १३, उर्लाबारीमा ११, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ४, रंगेलीमा २, कटहरी, कानेपोखरी, केराबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  

 सुनसरीको धरानमा ५५, इटहरीमा ४३, रामधुनीमा ६, इनरुवा र बराहक्षेत्रमा ५–५, दुहवीमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ।  धनकुटाको धनकुटाको नगरपालिकामा ११, चौवीसे, छथर, महालक्ष्मी र शहिदभूमीमा १–१, उदयपुरको त्रियुगामा ६, चौदण्डीगढी, बेलका र उदयपुरगढीमा २–२  र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ। 

इलामको इलाम नगरपालिकामा ५, फाकफोकथुम, चुलाचुली, रोङ र सुर्योदयमा १–१, संखुवासभाको खाँदबारीमा २, पाँचखपन र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, फालेलुङ र स्थानीय तह नखुलेका १–१, तेर्‍हथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा मंगलबार  ४ सय १३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ८५ महिला र २ सय २८ पुरुष रहेका छन्। प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १९ श्रावण २०७८ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App