स्वास्थ्य

खोप लगाउनेहरुको भीड घटेन, खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम

सरकारले कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धता गराउँदै व्यवस्थित रुपले लगाउने भनिरहे पनि संघीय राजधानीमै खोप लगाउनेहरुको भीड घटेको छैन।  

राजधानी काठमाडौंमा कोभिड–१९ विरुद्धको खोप लगाउने खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड बढि रहेकोछ। अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिदा खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम पनि बढेको छ। काठमाडौंमा विभिन्न खोप केन्द्रहरुबाट खोप निरन्तर लगाइएको छ, जहाँ लक्षित समुहका मानिसहरुको खोप लगाउन भीड लागेको छ।  

दिनभरी लाइनमा बस्दा पनि कतिपयले खोप लगाउन नपाएको गुनासो समेत गरेका छन्। अर्कोतर्फ नागरिकले आफुहरुले खोप लगाउन नपाएको पनि बताएका छन्। थापाथलीस्थित प्रसुतिगृह खोप केन्द्रमा खोप लगाउन पुगेका सर्वसाधारणले आफुहरुले खोप लगाउन नपाएको गुनासो गरेका छन् । खोप लगाउन पुगेका गोपाल खनालले आफुलाई बिहानभरी लाइन बस्दा पनि खोपबाट वञ्चित गराईएको बताए।

सरकारले १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई निर्विवाद खोप लगाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए। लक्षित समुह भनेर सरकारले नागरिकहरुलाई विभेद गरेको उनको भनाई छ। पहुँचवालाले खोप लगाउन पाउने र अरुले लगाउन नपाउने अवस्थाको अन्त्य गर्न उनले सरकारसँग माग गरे।  

प्रकाशित: १९ श्रावण २०७८ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App