स्वास्थ्य

‘राष्ट्रका लागि तपोवन’ अभियान

ओशो तपोवनले ‘राष्ट्रका लागि तपोवन‘ नामक एक अभियान सुरु गरेको छ। व्यक्तिले आफ्नो दैनिक जीवनमा गर्ने हरेक काममा अध्यात्मलाई जोड्दा सो व्यक्ति स्वयम्मा रुपान्तरण भई उसको जीवनशैली, व्यवसायिक जीवनमा उत्पादनशीलता र प्रभावकारिता बढेर समाज र राष्ट्रमा नै एक सकारात्मक सन्देश प्रवाह हुनसक्छ भन्ने उद्देश्य लिएर यो अभियान थालनी गरिएको हो।

प्रकृतिको अनुपम सौन्दर्यको बीचमा अवस्थित ओशो तपोवन मै आयोजना गरिएको यो अभियान २६ घण्टाको एक प्रयोगात्मक, व्यवहारिक र आध्यात्मिक कार्यक्रम हो। विभिन्न सेसनहरुमा विभक्त गरी संचालन गरिएको सो कार्यक्रममा सहभागीहरुलाई ध्यानका विविध विधिको साथमा सकारात्मक सोचको विकास एवम् नकारात्मक सोचको जडमूल पत्ता लगाई त्यसलाई निर्मूल पार्ने व्यवहारिक अभ्यासहरु गराइएको थियो।

पछिल्लो समयमा तीव्रताका साथ विश्वव्यपि रुपमा बढिरहेको महारोग मानसिक तनाव न्यूनीकरण गर्ने विभिन्न प्रभावकारी उपायहरु सिकाइएको थियो। हरेक १५–१५ दिनमा ओशो तपोवनले संचालन गर्ने यो अभियानमा समाजका जुनसुकै वर्ग, उमेर र तहतक्का व्यक्तिहरुले सहभागिता जनाउन सक्नेछन्। 

प्रकाशित: १८ श्रावण २०७८ ११:५१ सोमबार

ओशो तपोवन प्रकृति