स्वास्थ्य

भक्तपुरमा खोप कार्यक्रम स्थगित

भक्तपुरको दधिकोटमा शनिबार पूर्वनिर्धारित कोभिड १९ विरुद्धको भेरोसेल खोपकाे पहिलो डोज दिने कार्यक्रम स्थगित गरिएको छ। 

सूर्यविनायक नगरपालिका अस्पताल दधिकोटमा खोप सञ्चालन गर्ने भनिएकोमा स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाबाट पहिलो डोजकाे खोप लगाउन तोकिएको लक्षित समूहभन्दा बाहेकको समूहको उपस्थिति बढी रहेको भन्दै खाेप स्थगित भएकाे हाे।

सो अनुरुप दधिकोट अस्पतालमा खोपको मोज्दात कम भएको एवं नियमअनुसार उपस्थित नभई हुलदंगाको अवस्था उत्पन्न भएकोले खोप दिने कार्यक्रम स्थगित गर्नुपरेको अस्पतालले जनाएको छ। 

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति सूर्यविनायक नगरपालिका अस्पतालले सूचना प्रकाशित गरी क्षमा याचना समेत गरेको छ। 

प्रकाशित: १६ श्रावण २०७८ १४:४० शनिबार

खोप कार्यक्रम स्थगित कोभिड १९ विरुद्धको भेरोसेल खोप