स्वास्थ्य

शुक्रबारदेखि कोञ्ज्योसोममा ‘जोन्सन एण्ड जोन्सन’ को खोप लगाइने

अमेरिकाले उपलब्ध गराएको एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप शुक्रबार दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा लगाइने भएको छ। 

५० वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य, सरसफाइकर्मी समेतलाई खोप लगाउने कार्यक्रम तय भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवलकिशोर महतोले जानकारी दिए।

उनले भने,“गाउँपालिकाको पाँचै वडाका स्वास्थ्य चौकीमा यस खोप लगाउने अभियान रहँदा पायक पर्ने स्थानमा जान अनुरोध गर्दछु।” ललितपुरका अन्य पाँच पालिकामा भने सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिन जोन्सनको खोप लगाइसकिएको छ।

प्रकाशित: ७ श्रावण २०७८ १३:०९ बिहीबार

जोन्सन एण्ड जोन्सन कोञ्ज्योसोम गाउँपालिका