स्वास्थ्य

काठमाडौँमा रोकियो खोप कार्यक्रम

काठमाडौँ जिल्लामा खोप कार्यक्रम स्थगित भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौँले कोभिड १९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको जनाएको छ।

कार्यालयले सूचना प्रकाशित गरी काठमाडौं जिल्लामा अनिश्चितकालका लागि खोप कार्यक्रम स्थगित भएको प्रष्ट पारेको छ।

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासन बद्रीबहादुर खड्काले कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भने पनि मौजुदा रहेको खोपको मौज्दात सकिएकाले अर्को सूचना नआएसम्मका लागि खोप कार्यक्रम स्थगित भएको बताए। 

प्रकाशित: १ श्रावण २०७८ १०:४१ शुक्रबार

कोरोना खोप अभियान