स्वास्थ्य

प्रदेश १ मा ४ सय ३९ संक्रमित थपिए

प्रदेश १ मा बुधबार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार २ सय ८८ जनाको पिसीआर परीक्षण गर्दा ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको हो।  

झापामा १ सय ६५, सुनसरीमा १ सय ३९, मोरङमा १ सय ६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको दमकमा ६४, भद्रपुरमा २७, विर्तामोडमा २५, मेचीनगरमा १५, शिवसताक्षीमा ११, अर्जुनधारामा ६, कनकाईमा ५, हल्दिबारीमा ३, बुद्धशान्ति, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२ र झापा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ।

सुनसरीको धरानमा ८०, इटहरीमा ४४, बराहक्षेत्र र स्थानीय तह नखुलेका ६–६, भोक्राहानरसिंह, रामधुनी र इनरुवामा १–१, मोरङको विराटनगरमा ३५, बेलबारीमा २५, पथरीशनिश्चरेमा २२, लेटाङमा १२, सुन्दरहरैचामा ४, उर्लाबारी, कानेपोखरी र स्थानीय तह नखुलेका २–२, ग्रामथान र केराबारीमा १–१ जनामा संक्रमण देखिएको छ।  

धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा १, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, चुलाचुली र माईमा १–१ जनामा संक्रमण देखिएको छ। पाँचथरको फिदिममा २, फाकफोकथुममा १, उदयपुरको त्रियुगामा २ र चौदण्डीगढीमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, ताप्लेजुङमा १, ते¥हथुमको आठराईमा १ र संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ६ सय २८ पुगेको छ। संक्रमित भएकामध्ये ६९ हजार ६ सय ३४ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ५ सय ५ सय ९० रहेको छ। बुधबार ३ सय ४२ जना संक्रमणमुक्त भएका छन्। 

प्रकाशित: ३० असार २०७८ १२:१९ बुधबार

प्रदेश १