स्वास्थ्य

शनिबार २९ जनामा कोरोना

रोल्पामा पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा सकृय संक्रमितको संख्या १ सय ६४ पुगेको छ। जिल्लामा ४ हजार ४ सय ४५ जनामा कोरोना परीक्षण गर्दा २ हजार ८ जनामा संक्रमण भेटिएको हो। पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाइएको छ।  

दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १८ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको मृत्यु भइसकेको छ। जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म १ हजार ८ सय ३०जनाले कोरोना जितेका छन्।  

केही दिनयता कोरोना संक्रमणको दर घट्दो क्रममा गएको देखिन्छ। शुक्रबारदेखि निषेधाज्ञा खुकुलो भएसँगै बजार क्षेत्रहरुमा चहलपहल पनि बढ्दै गएको छ। 

प्रकाशित: १२ असार २०७८ १०:५० शनिबार

अलमलमा रोल्पा