स्वास्थ्य

जुम्लाका पत्रकार कोरोना संक्रमणको उच्च जोखिममा

जुम्लाका पत्रकार कोरोना संक्रमणको उच्च जोखिममा देखिएका छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नागरिकलाई सुसुचित गर्दै कोरोना माहामारीमा फ्रन्टलाइनमै खटिएर सुचना प्रवाह गर्ने क्रममा जोखिमको खतरा हुने गरेको हो।

अहिले नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीलाई कोरोना संक्रमण भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटीपिसिआर परीक्षण गर्दा अध्यक्ष शाहीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

यसअघि निवर्तमान केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, रेडियो प्रशारक संघ कर्णाली प्रदेश संयोजक तथा रेडियो कर्णाली एफएम जुम्लाका स्टेशन म्यानेजर गोरखबहादुर थापा, प्रेस यूनियनका केन्द्रीय सदस्य कान्तिपुर समाचारदाता एलपी देवकोटा, मिडिया नेपाल जुम्लाका अध्यक्ष तथा इमेज खबरका जुम्ला संवाददाता कृष्ण बोहरा कोरोना संक्रमति भएका थिए। अहिले उनीहरु कोरोना संक्रमण मुक्त भइसकेका छन्।

 जुम्लामा कोरोना संक्रमतिको संख्या ७३६ पुगेको छ। कोरोना संक्रमण मुक्त हुनको संख्या ५६१ रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाको प्रतिवेदनमा उल्लेख गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन कक्षमा २९ जना संक्रमति उपचारथ रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए। उनले भने वैशाख पहिलो सातादेखि फैलिएको दोस्रो लहर कोरोना संक्रमणका कारण जुम्लाका पाँच जनाको मृत्यु भएको छ। यस्तै बाहिर जिल्लाका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा तीन जनाको मृत्यु भएको छ।  

प्रकाशित: ८ असार २०७८ ११:३० मंगलबार

जुम्लाका पत्रकार कोरोना संक्रमण