स्वास्थ्य

प्रदेश १ मा ३ सय ९३ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ३ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ४ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको हो।  

मोरङमा १ सय ४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, तेर्हथुममा १३, उदयपुरमा ९, इलाममा७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६,पथरीशनिश्चरे र बेलबारीमा ५–५, केराबारी र लेटाङमा ४–४, मिक्लाजुङ, कटहरी, रंगेली र बुढीगंगामा ३–३, रतुवामाई र ग्रामथानमा२–२, कानेपोखरी र जहदामा१–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको धरानमा ४५, इटहरीमा ३०, दुहवीमा ४, बराहक्षेत्रमा ३, देवानगञ्ज, रामधुनी र  इनरुवामा २–२, गढीकोशी गाउँपालिका र बराहक्षेत्रमा १–१ जनामा कोरोना संक्रमण देखिएको छ। झापाको विर्तामोडमा १५, हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा८–८, अर्जुनधारा र दमकमा ६–६, भद्रपुर र शिवसताक्षीमा४–४, कमलगाउँपालिकामा २, कचनकवल, बुद्धशान्ति, बा¥हदशी र गौरादहमा१–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

पाँचथरको फिदिममा ३९, तेर्हथुमको म्याङलुङमा १३, उदयपुरको कटारी र चौदण्डीगढीमा ३–३,त्रियुगामा २ र बेलकामा १, इलामको सुर्योदय र रोङमा २–२, इलामनगरपालिका, चुलाचुली र माईमा१–१ जनामा कोरोना संक्रमण देखिएको छ । संखुवासभाको खाँदबारी, मादि र चैनपुरमा १–१, धनकुटाको धनकुटा नगरपालिकमा २ र छथरमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा बिहीबार १ हजार २ सय ९९जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ५ सय ५५ महिला र ७ सय ४४पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२हजार ३ सय ७३पुगेको छ।

प्रदेश १ मा कोरोना संक्रमितको कूल संख्या ६७हजार २ सय २८ पुगेको छ। सक्रिय संक्रमितको संख्या १३हजार ७ सय ८३ रहेको छ।

प्रकाशित: ३ असार २०७८ १३:५७ बिहीबार

अर्गानिक प्रदेश कोरोना संक्रमित