स्वास्थ्य

रोल्पामा संक्रमण घट्दै

रोल्पामा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएका छन्। यो संख्या केही दिन यताको सबैभन्दा थोरै संक्रमण हो। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ३२ पुगेको छ। जिल्लामा ४ हजार २ सय ४ जनामा कोरोना परीक्षण गर्दा १ हजार ८ सय ७० जनामा संक्रमण भेटिएको हो।  

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १८ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको मृत्यु भइसकेको छ। जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म १ हजार ३ सय २० जनाले कोरोना जितेका छन्।  

अझै पनि रोल्पामा पर्याप्त परीक्षण, पर्याप्त स्वास्थ्य सामग्री, पूर्वाधार र जनशक्ति नभएको चिकित्सकहरुको गुनासो छ।

प्रकाशित: २ असार २०७८ ११:३३ बुधबार

जिल्ला प्रसाशन कार्यालय अलमलमा रोल्पा