स्वास्थ्य

रौतहटका तीन स्थानीय तह संक्रमण मुक्त

रौतहटका तीन स्थानीय तह संक्रमणमुक्त भएका छन्। रौतहटका १८ स्थानीय तहमध्ये गरुडा, मौलापुर र माधवनारायण नगरपालिका तत्कालको लागि संक्रमणमुक्त भएका हुन्। जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गर्ने दैनिक कोरोना अपडेटमा मंगलवार रौतहटका तीन स्थानीय तहमा संक्रमितको संख्या शून्य देखिएको जानकारी गराएकाे हाे। यसैगरी फतुवा विजयपुर नगरपालिकामा एक जना र यमुनामाई गाउँपालिकामा एक जना संक्रमित रहेका छन्।

कोरोना संक्रमण कम हुँदै गएको र कोरोनालाई जित्नेहरुको संख्या बढ्दै गएको रौतहटमा ईशनाथ, राजपुर, कटहरिया, बौद्धिमाई नगरपालिकाका साथै यमुनामाई गाउँपालिकामा दुई/दुई जना सक्रिय संक्रमित रहेका छन् भने वृन्दावन नगरपालिकामा तीन जना सक्रिय संक्रमित रहेका छन्। चन्द्रपुर नगरपालिकामा सबैभन्दा बढी ४९ जना सक्रिय संक्रमित रहेको पाइएकाे छ।

जिल्लामा कोरोनाको दोस्रो लहरमा एक हजार दुई सय ९३ कुल संक्रमित देखिएकामा एक हजार एक सय ६ जना निको भएका छन् भने जिल्लामा सक्रिय संक्रमितको संख्या १३४ रहेको छ। पछिल्लो २४ घन्टामा जिल्लामा दुई जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। कोरोनाको दोस्रो लहरमा रौतहटका ११६ जनाको मृत्यु भएको छ।

प्रकाशित: १ असार २०७८ १२:२३ मंगलबार

रौतहटका तीन स्थानीय तह संक्रमण मुक्त