स्वास्थ्य

प्रदेश थपिए १ मा ३ सय ३७ संक्रमित

प्रदेश १ मा आइतबार ३ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्।  प्रदेश १ का ९ सय २६ जनाको पिसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा कोरोना संक्रमण देखिएको हो।  

मोरङमा १ सय ७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४, सोलुखुम्बुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ५४, सुन्दरहरैचामा २३, उर्लाबारीमा १०,  पथरीशनिश्चरेमा ५, रतुवामाई र मिक्लाजुङमा ३–३, लेटाङ, बेलबारी र जहदामा २–२, केराबारी, बुढीगंगा र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको छ।  झापाको बिर्तामोडमा २९, शिवसताक्षीमा १७, दमकमा १०, अर्जुनधारामा ९, कनकाईमा ७, हल्दिबारीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, मेचीनगर र बार्हदशीमा ३–३, गौरीगञ्ज, कचनकवल, भद्रपुर र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरीमा २७, दुहवीमा ७, धरानमा ६, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा २–२, हरिनगर, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरि पाँचथरको फिदिममा २८, तुम्मेवा, याङवरक, फालेलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा १७, त्रियुगामा ५, बेलका र उदयपुरगढीमा १–१, सोलुखुम्वुको नेचासल्यानमा ८, माप्यदुधकोशीमा ५ जनामा कारोना संक्रमण देखिएको छ। संखुवासभाको धर्मदेवी, खाँदबारी र स्थानीय तह नखुलेका ३, इलामको इलाम नगरपालिका, चुलाचुली र फाकफोकथुममा १–१, धनकुटाको शहिदभूमी र भोजपुरको हतुवागढीमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ६  सय ७८ पुगेको छ। संक्रमित भएकामध्ये ४८ हजार ८ सय ८० जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ५१ रहेको मन्त्रालयले जनाएको छ। आइतबार प्रदेश १ मा ३ सय ९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: ३० जेष्ठ २०७८ ११:५५ आइतबार

प्रदेश १ कोरोना संक्रमण