स्वास्थ्य

जुम्लामा एमबीबीएस कार्यक्रम सुरु हुने पक्का

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा यसै शैक्षिक शत्र देखि एमबीबीएस कार्यक्रम सुरु हुने पक्का भएको छ। चिकित्सा शिक्षा आयोगले जुम्लामा एमबीबीएस लगायतका कार्यक्रम सुरु गर्ने निर्णय गरेसंगै अब कर्णालीमा एमबीबीएस कार्यक्रम सुरु हुने पक्का भएको हो।  

चिकित्सा शिक्षा आयोगका प्रवक्ता सेमन्तराज कोइरालाले जुम्लामा एमबीबीएस कार्यक्रम सुरु गर्ने निर्णय भइसकेको जनाए। चालु आर्थिक बर्षको शैक्षिक सत्रभित्र एमबीबीएस कार्यक्रम सुरु हुन्छ, प्रवक्ता कोइरालाले भने,‘ कोभिड–१९ का कारण प्रक्रियामा ढिलो भएको हो। यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ। ’ हाललाई एमबीबीएस सञ्चालन गर्न प्रतिष्ठानलाई झण्डै २५ सीट दिने गरी निर्णय भएको उनले जानकारी दिए। चिकित्सा शिक्षा आयोगले गरेका निर्णय एकदुई दिनभित्रै सार्वजनि गरिने प्रतिक्रिया दिए।

एमबीबीएस कार्यक्रम सुरु हुने खबरले कर्णाली उत्साहित छ। प्रतिष्ठानका रेक्टर शिक्षाध्यक्ष डा.निरेश थापाले एमबीबीएस पढाई कर्णालीको विकासको काशेढुंगा भएको प्रतिक्रिया दिए। उनले बहुप्रतिक्षित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सरकारको सहयोग निकै महत्वपुर्ण रहेको बताउँदै अब कर्णालीमा डक्टरी पढाइले परिभाषा बदल्ने बताए।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हाल सम्म ८ वटा बिषयको पठनपाठन भइहेको छ। सर्टिफिकेट लेबलको पठनपाठन २०७१ सालदेखि सुरु भएको थियो। जसअन्र्तगत जनरल मेडिसिन,स्टाफनर्स,फार्मेसी पठनपाठन भइरहेकोछ।  

व्याचुलर लेबलको पठनपाठन २०७५ सालदेखि सुरु भएकोमा  बिपिएस र बिएमएस पठनपाठन भइरहेको छ।  एमडीएमएसको पठनपाठन २०७७ सालदेखि शुरु भएको छ। एमडीजीपी इमरजेन्सी मेडिसिन, पेडाटिक्स र एमडी एनएएसथेसिया पठनपाठन भइरहेकोछ।  

सर्टिफिकेट तहमा अधिकांस विद्यार्थी सेवामा खटिसकेको शिक्षाध्यक्ष डा। निरेश थापाले जानकारी दिए। प्रतिष्ठानमा एक बर्षे कोर्ष अन्र्तगत एनएसथेसिया तालिम दिने गरिएको समेत उनले बताए। यहाँ उत्पादित जनशक्ति लोकसेवा आयोगमा समेत सफल भएको छ। उनले थपे,‘ नामचलेको स्वास्थ्य संस्थामा काम गरेर प्रसंसा बटुलिरहेका छन। 

यहाँ उत्पादन भएको जनशक्ति प्रति सबैको राम्रै बुझाइँ छ। ’उनले भने,‘कर्णालीमा एमबीबीएस कार्यक्रम शुरु हुने बाटो खुलिसकेको छ। त्यही बाटो पछ्याएर कर्णालीले दक्ष डक्टर उत्पादन गर्ने सामाथ्र्य राख्नेछ। डक्टरी पढ्न कर्णाली आउने वातावरण सिर्जना भइसकेको छ। यो कार्यक्रमले कर्णालीको परिभाषा नै बदल्नेछ।’

एमबीबीएस कार्यक्रमको लागि सबै तयारी पुरा भइसकेको छ। पुर्वाधार निर्माण,शिक्षक जनशक्ति र अस्पताल तयारी अवस्थामा छ। गत चैत महिनामा चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा पुगेर एमबीबीएस पठनपाठनका लागि चाहिने आवश्यक सबै तयारीको अनुगमन गरेको थियो।

‘एमबीबीएस कार्यक्रम सामाजिक,आर्थिक रुपान्तरणको कोशेढुंगा हो।अब कर्णालीका सबै स्थानीयतहले यहाँ उत्पादन हुने डक्टर पाउनेछन। कर्णाली प्रतिष्ठानको पनि स्थानीयतहमा डक्टर चाहियो भनेर सम्झौता गर्न आवस भन्ने चाहना छ,’ शिक्षाध्यक्ष थापाले भने।  

उनले एमबीबीएस कार्यक्रम सुरु भएपछि दुई बर्षमा कर्णालीका सबै स्थानीय तहमा   डक्टर उत्पादन गरेर पठाउन सकिने बताए।  कर्णाली जस्तो विकट ठाउँमा सामाजिक उत्तरदायित्व बोध भएको जनशक्ति उत्पादन हुने बताए। उनले भने,‘यो जनशक्तिले कर्णाली जस्तो दुगर्म क्षेत्रमा खटिएर काम गर्न सकोस। पहिले कर्णाली कार्यक्षेत्र बनाएर आउन डक्टरले मानेका थिएनन। अब कर्णाली जस्तै दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा दिने डक्टर कर्णालीमा उत्पादन हुनेछन।  

पुर्व उपकुलपति डा। राजेन्द्रराज वाग्ले सबै जनाको अथक मेहनतले कर्णालीमा एमबीबीएस संभव भएको बताए।  हामी सबै मिलेर काम गर्यौँ यो ठुलो उपलब्धि बन्यो। कर्णालीको लागि यो सौभाग्यको बिषय हो। ’एमडीजीपी कार्यक्रम सुरु भएपछि  एमबीबीएस कार्यक्रम ल्याउन सहज बनेको अनुभव सुनाए।  म आउँदा सर्टिफिकेट लेबलको कार्यक्रम मात्र थिए। प्रतिष्ठानको आफ्नो कार्यक्रम थिएनन,‘ म आइसकेपछि ब्याचुलर लेवलको कार्यक्रम आयो।  एमडिजीपी सुरु भयो।  जसका कारणले एमबीबीएस पठनपाठनका लागि सहज बन्यो। ’

उनले अब कर्णाली स्वास्थ्य शिक्षाका हिसावले निकै अगाडी जाने विश्वास व्यक्त गरे। कर्णाली कुनै बेला डक्टर आउन नमान्दा कार्यालय सहयोगीले दिएको औषधिले चित्त बुझाउँथ्यो। अहिले कर्णालीमै डक्टरी उत्पादन गरेर सिंगो मुलुकलाई दिने हैसियतमा पुगेको छ। 

प्रकाशित: ३० जेष्ठ २०७८ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App