स्वास्थ्य

राेल्पामा एघार सयले जिते कोरोना

रोल्पा अस्पताल। तस्बिर: दिनेश/नागरिक

रोल्पामा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ६ सय ३२ पुगेको छ। जिल्लामा ३ हजार ९ सय ८६ जनामा कोरोना परिक्षण गर्दा १ हजार ७ सय ७० जनामा संक्रमण भेटिएको हो।

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ। 

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म १ हजार १ सय २१ जनाले कोरोना जितेका छन्। अझै पनि रोल्पामा प्रयाप्त परिक्षण, प्रयाप्त स्वास्थ्य सामाग्री, पुर्बाधार र जनशक्ती नभएको चिकित्सकहरुको गुनासो छ। संक्रमण बढिरहदा पनि जिल्लामा कोरोना नियन्त्रणमा गतिलो प्रयास भएको छैन। 

प्रकाशित: २८ जेष्ठ २०७८ ११:४१ शुक्रबार

राेल्पामा एघार सयले जिते कोरोना