रोल्पामा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा सकृय संक्रमितको संख्या ७ सय ४९ पुगेको छ। जिल्लामा ३ हजार ८ सय ७५ जनामा कोरोना परीक्षण गर्दा १ हजार ६ सय ९९ जनामा संक्रमण भेटिएको हो।
दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ९ सय ३३ जनाले कोरोना जितेका छन्।
अझै पनि रोल्पामा पर्याप्त परीक्षण, पर्याप्त स्वास्थ्य सामग्री, पूर्र्वाधार र जनशक्ति नभएको चिकित्सकहरुको गुनासो छ। संक्रमण बढिरहँदा पनि जिल्लामा कोरोना नियन्त्रणमा गतिलो प्रयास भएको छैन।
प्रकाशित: २६ जेष्ठ २०७८ १०:४७ बुधबार