स्वास्थ्य

३ हजार परीक्षण गर्दा १४ सयमा संक्रमण

रोल्पामा पछिल्लो २४ घण्टामा ८८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ७३ पुगेको छ। जिल्लामा ३ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा १ हजार ४ सय २१ जनामा संक्रमण भेटिएको हो।  

दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १६ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ। जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ६ सय ३२ जनाले कोरोना जितेका छन्। शुक्रबार ७९ जनाले कोरोना जितेका हुन्।

प्रकाशित: २१ जेष्ठ २०७८ १२:४३ शुक्रबार

जिल्ला प्रशासन कार्यालय रोल्पा दोस्रो चरणको खोप