स्वास्थ्य

अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

जिल्ला अस्पताल बैतडीलाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ। अक्सिजन सहयोग अभियान सञ्चालन गरिरहेको सहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जिल्ला अस्पताललाई ८ थान नयाँ अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो।

शुक्रबार जिल्ला अस्पताललाई ८ थान नयाँ सिलिण्डर हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। प्रतिष्ठानले आर्थिक सहयोग संकलन गरी अक्सिजन सिलिण्डर खरिद गरेर अस्पताललाई दिइएको  उनले बताए।

यसअघि प्रतिष्ठानले अस्पतालका ६ थान अक्सिजन सिलिण्डर भरेर सहयोग गरेको थियो। कोरोना भाइरसका बिरामीहरुको उपचारमा सहज होस् भन्ने हेतुले अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको अध्यक्ष चन्दले जानकारी दिए।

यस्तै प्रष्तिठानले जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरसमेत वितरण तयारी गरेको छ। अस्पतालका लागि १० लिटरका ५ थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरिसकेको र शनिबार अस्पताललाई हस्तान्तरण गरिने बताएको छ। बैतडीमा अक्सिजन सहयोग अभियान सञ्चालन गरिरहेको प्रतिष्ठानले अहिलेसम्म ९ लाख ६९ हजार रुपैयाँ रकम संकलन गरिसकेको छ। अभियानमा देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने क्रम जारी रहेको छ।

प्रकाशित: १४ जेष्ठ २०७८ १३:०७ शुक्रबार

अक्सिजन सिलिण्डर जिल्ला अस्पताल