स्वास्थ्य

ताप्लेजुङका निर्माण व्यवसायीले जिल्ला अस्पताललाई दिए २ सय थान एन्टिजेन किट

ताप्लेजुङका ८ जना निर्माण व्यवसायीहरू मिलेर ताप्लेजुङ जिल्ला अस्पताललाई करिव १ लाख ८० हजार रुपैयाँ बराबरको २ सय एन्टिजेन किट हस्तान्तरण गरेका छन्। ती सामग्री बिहीबार निर्माण व्यवसायीले ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामालाई हस्तान्तरण गरेका हुन्। 

निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष जसबहादुर लिम्बूका अनुसार सेवालुङ निर्माण सेवा प्रालिकातर्फबाट प्रोपाइटर जसबहादुर आफैंले ३५ हजार लगानी गरेका छन्। यस्तै हिमालयन् कन्ट्रक्सनका प्रोप्राइटर इन्द्र केदेमबाट २५ हजार, पोमू कन्ट्रक्सन प्रालिका प्रोपाइटर दीपेन पोमू, पहाडी निर्माण सेवाका प्रोप्राइटर मंगलसिंह साँवा, नेचाली राई कान्छा कन्ट्रक्सनका  प्रोप्राइटर विश्वराज राई, कान्छा लावती कन्ट्रक्सनका  प्रोप्राइटर ज्ञानेन्द्र लावतीले जनही २०–२० हजार रुपैयाँ लगानी गरेका छन्। 

यस्तै कञ्चनजंघा निर्माण सेवाकातर्फबाट विनोद भारती, विकास हाङ्गाम, गजेन्द्र केदेम र विशाल गुरुङ तथा डेविड कन्ट्रक्सन प्रालिकातर्फबाट गणेश खाती, राजकुमार खिम्दिङ र विश्वास खिम्दिङबाट संयुक्त रूपमा २०–२० हजार रुपैयाँ लगानी भएको निर्माण व्यवसायी संघ ताप्लेजुङले जनाएको छ ।  

'मन्त्री आङ्बुहाङको समन्वयमा ताप्लेजुङका लागि ८४०० थान एन्टिजेन किट पठाइयो'

प्रदेश १ सरकारका योजना तथा आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङको समन्वयमा ताप्लेजुङका लागि ८ हजार ४ सय थान एन्टिजेन किट सहितका स्वास्थ्य सामग्री पठाइएको छ । मन्त्री आङ्बुहाङका स्वकीय सचिव नारद गुरागाईका अनुसार एन्टिजेन किट यसअघि नै पठाए सकिएको छ भने १० थान अक्सिजन सिलिन्डर, मास्क र स्यानिटाइजर सहितका सामग्री विराटनगरबाट ताप्लेजुङतर्फ पठाइएको छ । यस्तै १० थान एचडियु बेड सहितका सामग्रीको व्यवस्थापन गर्ने पहल भइरहेको मन्त्री आङ्बुहाङका प्रमुख स्वकीय सचिव कुमार भुजेलले जानकारी दिए ।

प्रकाशित: १३ जेष्ठ २०७८ ११:३५ बिहीबार

एन्टिजेन किट निर्माण व्यवसायी संघ