पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण हुने भन्दा कोरोनामुक्त हुनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तथ्यांक अपडेट गर्दै बुधबार ६हजार ७ सय १६ जना संक्रमणमुक्त भएको जनाएको छ।
त्यो बीचमा संक्रमणबाट १ सय४५ जनाको मृत्यु भएको छ।
सोही अवधिमा ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: १२ जेष्ठ २०७८ ११:०१ बुधबार