स्वास्थ्य

आउँदो चार सातामा संक्रमण घट्दै जान्छ: स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातापछि कोरोना भाइरसको संक्रमण घट्न सक्ने बताएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले अहिले फैलिएको नयाँ भेरियन्ट झनै संक्रामक र घातक भएको बताउँदै मानवीय आवतजावत भैरहेको र केही कार्यालय खुलै भएकाले संक्रमण घट्न नसकेको बताएका हुन्।

यस्तै, उनले कोभिड-१९विरुद्धको खोप खरिदका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरिय पहल गरिएको बताए।

'सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको छ,' उनले भने, 'जनस्वास्थ्यका मापदण्डलाई कडाइ गर्नुपर्ने देखिएकाे छ।' सरकारले कोभिड-१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको मन्त्री त्रिपाठीले जानकारी दिए। वैशाख महिनामा मात्र उपचारका लागि ४५ करोडको शोधभर्ना गरिएको समेत उनले बताए।

प्रकाशित: १० जेष्ठ २०७८ १०:३५ सोमबार

सक्रिय संक्रमित सातामा संक्रमण