स्वास्थ्य

सामुदायिक अस्पताललाई यूके लाहुरेले उपलब्ध गराए अक्सिजन

यूके लाहुरे बिकास साम्पाङ राईले जालपामा पठाइदिएको अक्सिजन सिलिण्डर बुझ्दै वडाध्यक्ष बिकास राई लगायत। तस्बिर: नागरिक

यूके लाहुरेले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा सामुदायिक अस्पताललाई अक्सिजन सिलिण्डर जुटाइदिएका छन्। 

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भइ यूके लाहुरेमा कार्यरत बिकास साम्पाङ राईले सामुदायिक अस्पताललाई ४७ लिटरको दुई थान अक्सिजन सिलिण्डर उपलव्ध गराएका हुन्। यूके लाहुरे राईले काठमाण्डौं आएकोबेला दुई थान अक्सिजन सिलिण्डर जुटाएर पठाइदिएको जालपाका वडाध्यक्ष बिकास राईले बताए। 

कोभिड–१९ को संक्रमण बढिरहेका बेला वडामा भवितव्य परे वा बिरामीको अवस्था गम्भिर भएको अवस्थामा उपयोगका लागि वडा कार्यालयले अक्सिजन र एन्टीजेन किट जुटाउने अभियानका क्रममा अक्सिजन प्राप्त भएको हो। अक्सिजन सिलिण्डर काठमाडौंबाट नगरपालिकाको गाडीमार्फत सामुदायीक अस्पतालमा पुर्‍याइएको हो। 

वडा कार्यालयले अक्सिजन, एन्टीजेन किट र पिसिआर परीक्षणका लागि आवश्यक स्वाव संकलन गर्ने भिटिएम जुटाउन अभियान सञ्चालन गरिरहेको जनाएको छ। वडाकैतर्फबाट केही दिनपछि हजार थान एन्टीजेन किट ल्याउने तयारी भइरहेको वडाध्यक्ष राईले बताए। 

प्रकाशित: १० जेष्ठ २०७८ ०५:३९ सोमबार

यूके लाहुरेले उपलब्ध गराए अक्सिजन