स्वास्थ्य

करुणा फाउन्डेसनद्वारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

करुणा फाउन्डेसन नेपालले विभिन्न अस्पतालहरुलाई सात लिटरका ४५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।

कोभिड– १९ बाट संक्रमितहरुले अक्सिजनको अभावमा भोग्नु परेको समस्या कम गर्नका लागि सुदूरपश्चिम अस्पताल धनगढीलाई ५ थान, टीकापुर अस्पताल, कैलालीलाई ५ थान, लम्की अस्पताल कैलालीलाई ५ थान, महाकाली अञ्चल अस्पताललाई ५ थान दिइएको फाउण्डेसनले जनाएको छ।

त्यस्तै अछापको जिल्ला अस्पताल र बयलपाटा अस्पताललाई ५/५ थान, इच्छामनकामना अस्पताल चितवनलाई २ थान, आँबुखैरेनी स्वास्थ्य चौकी तनहुँलाई २ थान र  प्रदेश १ सरकारमार्फत् भोजपुर, धनकुटा, पाँचथर, इलाम, संखुवासभा जिल्ला अस्पतालहरुलाई ३/३ थान, कोसी अञ्चल अस्पताललाई १० थान, सुनसरी जिल्ला अस्पताल इनरुवालाई ५ थान गरी जम्मा ६४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।

फाण्उण्डेशनका कार्यकारी निर्देशक दीपकराज सापकोटाले ती स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मन्त्रालयका सचिव लक्ष्मण अर्यालको उपस्थितिमा सहयोग गरिएको बताए।

प्रकाशित: ६ जेष्ठ २०७८ ०९:४६ बिहीबार

अक्सिजन कन्सन्ट्रेटर करुणा फाउन्डेसन नेपाल