स्वास्थ्य

ताप्लेजुङमा थप १० जनामा कोरोना पुष्टि

ताप्लेजुङमा थप १० जना कोरोना संक्रमित थपिएका छन्। गएराती ११ जनाको पोजेटिभ रिर्पोट आएकोमा १० जना नयाँ संक्रमित थपिएका ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिए। 

थपिएका ७ जना पाथीभरा याङ्वरक गाउँपालिकाका रहेको सो गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिए । डाक्टर लामाले पोजेटिभ आएका १ जना भने यसअघि संक्रमित भइ पुनः रिर्पोट पोजेटिभ नै आएको छ । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या ४ सय १४ पुगेको छ।

प्रकाशित: ६ जेष्ठ २०७८ ०६:२७ बिहीबार

ताप्लेजुङमा सक्रिय संक्रमित