स्वास्थ्य

काठमाडौं परिसरका डीएसपी केसीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ। उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

 मृतक केसी महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए। काठमाडौंको कागेश्वरी मनोहरी नगरपालिका मूलपानी स्थायी घर भएका केसी एक वर्ष अघि मात्रै परिसरमा सरुवा भएर आएका थिए। 

नेपाल प्रहरीभित्र इमानदार छवि निर्माण गरेका डिएसपी केसीलाई बैशाख २२ गते कोरोना संक्रमण भएको थियो।

प्रकाशित: ६ जेष्ठ २०७८ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App