स्वास्थ्य

जापानद्वारा नेपाललाई २५ वटा पोर्टेबल अल्ट्रासाउण्ड इमेज डाइग्नोस्टिक सिस्टम प्रदान

जापान सरकारले नेपाललाई थप स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ। जापान सरकारले कोभिड १९ लाई मध्यनजर गर्दै नेपाल सरकारलाई २५ वटा पोर्टेबल अल्ट्रासाउण्ड इमेज डाइग्नोस्टिक सिस्टम प्रदान गर्ने भएको छ।

ती उपकरणहरु २५ वटा अस्पालमा दिने निर्णय भएको जापानी राजदूतावासले जनाएको छ। दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै २५ मध्ये २३ वटा पोर्टेबल अल्ट्रासाउण्ड इमेज डाइग्नोस्टिक सिस्टम प्रदान गरिसकेको र बँँकी २ वटाको जडान मंगलबार र बुधबार गरिने जनाएको छ।  

उपकरणहरु अस्पताललाई हस्तान्तरण गर्दै नेपालका लागि जापानी राजदूत किकुटा युताकले नेपालमा कोभिड १९ को छिट्टै प्रभाव कम हुने बताउँदै आउने दिनमा जापान सरकारले नेपाललाई थप स्वास्थ्य उपकरणहरुको सहयोग गर्नेसमेत बताए।

प्रकाशित: ४ जेष्ठ २०७८ १२:५२ मंगलबार

जापान सरकार आधुनिक उपकरण