स्वास्थ्य

निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन

स्वास्थ्य मन्त्रालयले निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ।

निजी अस्पतालहरुले अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचार गर्न असमर्थता जनाइरहेको बेला स्वास्थ्य मन्त्रालयले तिनीहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न अनुरोधसहितको निर्देशन दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले महामारीको समयमा अक्सिजनको आपूर्ति व्यवस्थामा असर पर्न नदिन कम्तिमा एकसय बेड क्षमताको निजी अस्पतालाई प्लान्ट जडान गर्न निर्देशन दिएको बताए।

प्रकाशित: ३० वैशाख २०७८ ११:४४ बिहीबार

स्वास्थ्य मन्त्रालय अक्सिजन प्लान्ट