स्वास्थ्य

चिकित्सकको माग:तत्काल अक्सिजन अभाव हटाऊ

चिकित्सकहरुले अक्सिजनको अभाव हुन नदिने अवस्था बनाउन माग गरेका छन्। चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले महामारीको  रुपमा फैलिरहेको कोरोनाको दोश्रो लहरले नेपालमा भयावह स्थिति पैदा गरेको जनाउँदै बिरामीका लागि आवश्यक अक्सिजनको बन्दोबस्त गर्न सरकारसमक्ष माग गरेको हो।

संघले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोना १९ महामारीको उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको, बिरामीलाई आफैले अक्सिजन व्यवस्था गर्नुपर्ने र अक्सिजनको अभावका कारण बिरामीहरुलाई बेडबाट अन्त सार्नुपर्ने अवस्था आएको भनी सूचना प्रेषित गरेकोप्रति संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएका जनाएको छ।

संघले गम्भीर अवस्थामा उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न माग गरेको छ। 

प्रकाशित: २५ वैशाख २०७८ ११:०८ शनिबार

अक्सिजन चिकित्सक