स्वास्थ्य

धरानमा एक संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरानका एक कोरोना संक्रमित पुरुषको निधन भएको छ।  

प्रतिष्ठानका अनुसार कोभिड अस्प्पतालमा धरान १६ का ४१ बर्षीय पुरुषको आज बिहान ९ बजेर ४ मिनेटमा मृत्यु भएको हो। मृतक बैशाख २० गते प्रतिष्ठानमा भर्ना भएको र उनलाई २१ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए।

मृतकको खास घर सप्तरी जिल्ला भएको र उनी वडा नं १६ स्थित स्वामी चोकमा सपरिवार डेरा गरी बस्ने गरेको वडा नं १६ का जनप्रतिनिधि दिपक आचार्यले जानकारी दिए।

उनका अनुसार मृतक निषेधाज्ञा जारी हुनुभन्दा अघि जनकपुरस्थित ससुराली गएका थिए। सालीको बिहेमा सहभागी भएर धरान फर्किएपछि उनलाई संक्रमण देखिएको वडा सदस्य आचार्यले बताए।

प्रकाशित: २५ वैशाख २०७८ १०:५४ शनिबार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निषेधाज्ञा जारी