स्वास्थ्य

'स्टकमा रहेका खाली अक्सिजन सिलिण्डर फिर्ता गराैँ'

नेपाल अक्सिजन ग्याँस उत्पादक संघले आफूसँग स्टकमा रहेको खाली अक्सिजन सिलिण्डरहरु फिर्ता गरिदिन आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको अवस्थामा संक्रमितको उपचारका लागि अक्सिजनको आवश्यक पर्ने भएकाले स्टकमा रहेको खाली अक्सिजन सिलिण्डरहरु फिर्ता गरिदिन आग्रह गरेको हो।  

अक्सिजन सिलिण्डर अभाव भएपछि संघले शुक्रबार विज्ञप्ति जारी गर्दै खाली सिलिण्ड फिर्ता गरिदिन आग्रह गरेको हो।

उद्योगी, व्यवसायी र आमनागरिकसँग स्टकमा रहेको खाली सिलिण्डर सम्बन्धित उद्योग र सरकारले तोकेको निकायहरुमा फिर्ता गरी आमनागरिकको जीवन रक्षाका लागि योगदान गर्न पनि संघले अपिल गरेको छ।

प्रकाशित: २४ वैशाख २०७८ ०९:३८ शुक्रबार

नेपाल अक्सिजन ग्याँस उत्पादक संघ अक्सिजन सिलिण्डर