स्वास्थ्य

अक्सिजन अभावमा दुई संक्रमितको मृत्यु

कौशलटारस्थित भक्तपुर इन्टर्नेशनल हस्पिटल। तस्बिर: नागरिक

अक्सिजनको अभावमा भक्तपुरमा दुईजना कोरोना संक्रमित बिरामीको निधन भएको छ।  जिल्लाको कौशलटारस्थित भक्तपुर इन्टर्नेशनल हस्पिटलमा उपचाररत दुई जना बिरामीको निधन भएको हो।

अक्सिजन सकिन लागेको खबर पाउने वित्तिकै रिफरको लागि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए। 'अस्पतालले अक्सिजन जुटाउन सकिएन भन्ने खबर पाएपछि अक्सिजन सहित रिफर गरेको रहेछ', उनले भने। 

अक्सिजन राखेर नै रिफर गरेको विरामीको मृत्यु भएको उनले जानकारी गराए। जिल्लामा अहिलेसम्म एक सय ४० जना कोरोना सक्रमितको निधन भइसकको छ।  

प्रकाशित: २४ वैशाख २०७८ ०४:३९ शुक्रबार

अक्सिजन अभावमा संक्रमितको मृत्यु