स्वास्थ्य

रोल्पामा आइसोलेशन सेन्टर स्थापना

जिल्ला प्रशासन कार्यालय रोल्पाले निषेधाज्ञा जारी गरेकै दिन रोल्पा नगरपालिकाले ‘नगर आइसोलेशन सेन्टर’ संचालनमा ल्याएको छ। ५० शय्याकाे उक्त आईसाेलेशन सेन्टर सदरमुकाम स्थीत सहिद स्मृती प्रतिष्ठानमा स्थापना गरिएको हो। एक अनौपचारीक कार्यक्रमकाबीच बुधबार पूर्व सभामुख कृष्णबहादुर महराले आईसाेलेशन सेन्टरको बिधिबत उद्घाटन गरेका हुन्।  

पछिल्लो समय संक्रमितको संख्या बढ्दै जादा सबै स्थानिय तहमा आइसोलेशन सेन्टर स्थापना गर्ने निर्देशन भए बमोजिम रोल्पा नगरपालिकाले पनि आइसोलेशन सेन्टर संचालनमा ल्याएको हो। भविष्यमा संक्रमितलाई उपचार सहित चिकित्सकको निगरानिमा राख्नु पर्ने अवस्था आएमा बुधवार उद्घाटन गरिएको आइसोलेशन  सेन्टरबाट सेवा दिईने नगरपालिकाले जनाएको छ ।  

रोल्पामा  संक्रमितको संख्या १ सय २४ रहेको छ भने २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। पछिल्लो समय जिल्लामा आइसोलेशन सेन्टर नभएको भन्दै जनप्रतिनिधि र स्थानिय प्रशासनको चर्को बिरोध हुदै आएको थियो। हाल सम्म जिल्लाका सबै संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन्। नगर प्रमुख पुर्ण केसिका अनुसार यहाँ नगर क्षेत्र भित्र बसोवास गर्नेहरुको उपचार गरिने छ। उनले भने ‘अन्य स्थानिय तहमा रहेका आइसोलेशन सेन्टरमा शय्या नपुगेको खण्डमा हाम्रोमा खालि भयो भने अन्यत्रकालाई पनि उपचार सेवा प्रदान गरिने छ।

प्रकाशित: २४ वैशाख २०७८ ०३:४६ शुक्रबार

रोल्पा जिल्ला प्रशासन कार्यालय रोल्पा रोल्पा नगरपालिका आईशोलेशन सेन्टर