स्वास्थ्य

रसुवाको एकै गाउँमा ४३ जनामा कोरोना संक्रमण

रसुवाको नौकुण्ड गाउँपालिका–५, भोर्लेका एकै गाउँका ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार ४६ जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको हो। अन्य तीन जनाले भने आफैं परीक्षण गर्न गएका थिए। कोरोनाको बिरामी बढेसँगै गाउँपालिकाले बैशाख २९ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ ।  

कोरोनाको जोखिम बढ्दै गएको र अझै तिब्र गतिमा फैलन सक्ने भएकाले स्वास्थ्य सेवा, विपदर तथा आकस्मिक सेवा बाहेकका सेवा आजदेखि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले सूचना जारी गरेर विवाह, ब्रतबन्ध, घेवा, सभा, भेला सम्मेलन लगायतका भिडभाड हुने कार्य नगर्न नगराउन अनुरोध गरेको छ।  

रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ९८ पुग्यो

रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ९८ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन्। स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १५, कालिकामा २५, उत्तरगयामा ११, नौकुण्डमा ४३ र बाहिरी जिल्लाका ४ जना रहेका छन्। 

कोरोना संक्रमितहरू ८ जना संस्थागत र ९० जना होम आइसोलेसनमा बसेका छन्। जिल्लामा हालसम्म २ सय ८७ जनामा कोरोना पुष्टि भएको थियो। जसमा १ सय ८८ जना निको भएका छन्। जिल्लामा हालसम्म २ हजार १ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय १७ नेगेटिभ र २ सय ८७ पोजेटिभ आएको थियो।

प्रकाशित: २३ वैशाख २०७८ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App